प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
भदौ २०८०
हरितालिका तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
२०८०-०५-३१

काठमाण्डौ, ३१ भदौ            नेपाली हिन्दु महिलाहरूको महान चाड हरितालिका तीज, २०८० को अवसरमा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई प्रहरी वरिष्‍ठ उपरीक्षक दिनेश राज मैनालीले स्वागत गर्नु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि निमित्त प्रहरी महानिरीक्षक तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले सम्पूर्ण नेपाली हिन्दु महिलाहरुका साथै नेपाल प्रहरी संगठनमा कार्यरत महिला प्रहरी कर्मचारीहरूलाई शुभकामना व्यक्त गर्नु भयो । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्‍ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी कर्मचारीहरु, प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय उपाध्यक्ष रुपा पौडेल थापाद्वारा शुभकामना मन्तव्यसहित कार्यक्रमको औपचारिक समारोहको समापन गरिएको थियो । तत्पश्‍चात उक्त कार्यक्रममा शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

अल्वानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०५-२९

काठमाण्डौ, २६ भदौ            अल्वानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाण्डौ महानगरपालिका-९ सिनामंगल बस्ने झापा बिर्तामोड नगरपालिका-४ घर भएकी २५ वर्षीया सुधा चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।             वैदेशिक रोजगारमा अल्वानिया जानको लागि ८ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि प्यकिङमा मासिक ७२ हजार रूपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी २ लाख ७२ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।              उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाण्डौ पठाइएको छ ।

भन्सार छलि अवैध रूपमा लुकाई छिपाई ल्याएको सुनसहित तीन जना पक्राउ
२०८०-०५-२९

काठमाण्डौ, २६ भदौ            भन्सार छलि लुकाई छिपाई ल्याएको ९ सय ६० ग्राम तौलको अवैध सुन जस्तो देखिने पहेंलो धातु बरामद भएको घटनाको अनुसन्धानको क्रममा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरूमा काभ्रे खानीखोला गाउँपालिका-३ घर भई पनौती नगरपालिका-५ बस्ने २८ वर्षीय बाबुलाल दोङ, काभ्रे रोशी गाउँपालिका-३ घट्टेखोला बस्ने ३३ वर्षीय जगत लामा र काभ्रे महाभारत गाउँपालिका-३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान रहेका छन् । हिमालयन एयरलाईन्सद्वारा सोमबार बिहान दुबईबाट नेपाल आएका बाबुलालले भन्सार छलि अवैध सुन लुकाई छिपाई ल्याएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाण्डौबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं महानगरपलिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सार्वजनिक सडक पेटीमा हिँड्दै गरेका बाबुलाललाई मलद्वारमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको धातु सहित तत्काल फेला पारी पक्राउ गरेको थियो ।             थप सोधुपछ एवम् अनुसन्धानको क्रममा जगत लामा र दोर्जे स्यान्तानलाई समेत काठमाण्डौ महानगरपालिका-१५ ढल्कुस्थित बिगमार्टको पार्किङबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको बागमती प्रदेश ०१-२७ च ९९६० नम्बरको गाडी र बागमती प्रदेश ०२-०३० प ८५१७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई थप कारवाहीको लागि भन्सार कार्यालय गौचर पठाइएको छ । 

विश्व आत्महत्या रोकथाम दिवश २०८० अवसरमा आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक लघु चलचित्र “माया जाल”को शुभारम्भ
२०८०-०५-२५

काठमाण्डौ, २५ भदौकाठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी परिसर,वललितपुरद्वारा आयोजित विश्व आत्महत्या रोकथाम दिवश २०८० अवसरमा आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक लघु चलचित्र “माया जाल”को ललितपुर महानगरपालिका झम्सिखेलमा सोमबार शुभारम्भ गरिएको छ ।कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले आत्महत्या नै अन्तिम विकल्प नभएकाले एक पटक असफल हुदैमा जीवन नसकिने तथा लडेर उठ्नु नै जीवन भएकाले एक पटक मात्र पाएको आफ्नो अमूल्य समय बर्वाद नगर्न अनुरोध गर्दै यस जनचेतना मूलक वृत्तचित्रले थप चेतना फैलाउने र अमूल्य मानव जीवन बचाउन टेवा पुर्‍याउने अपेक्षासमेत व्यक्त गर्नुभयो ।साथै उपत्यका अन्तर्गत हुने आत्महत्याका घटनाहरूलाई न्यूनीकरण गर्न समुदाय स्तरमा नै जनचेतना अभिवृद्धि गर्दै आत्महत्या जस्तो गम्भीर प्रकृतिका घटनालाई न्यूनीकरण गर्न आफ्नो परिवार, टोल तथा सम्पूर्ण समाजकै ऐक्यवद्दता हुनुपर्नेमा जोड दिदै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवदद्दता’ अभियान अन्तर्गत काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहत परिसरहरुबाट १०३ वटा कार्यक्रमहरू सञ्चालन गरिसकिएको बताउनु भयो ।ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्षले आत्महत्या न्यूनीकरण सम्बन्धमा आ-आफ्नो धारणा राखेको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शिद्दी विक्रम शाहले जनचेतनामूलक लघु चलचित्र “माया जाल” को वृतचित्र निर्माणमा सहयोगी संघ संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।कार्यक्रममा सामुदायिक केन्द्र तिखेदेवलका अध्यक्ष तथा पूर्व प्र.अ.म.नि. गोविन्द प्रसाद थापा, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, उपत्यकाका प्रहरी कार्यालयका प्रहरी वरिष्‍ठ उपरीक्षकहरू, जिल्ला सुरक्षा समिति ल.पु. का पदाधिकारीहरु,  महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, शुभ मिडिया होम प्रा.लि.का सरोज ओली, प्रभु बैकका CEO अशोक शेरचन, नेपाल मेडिसिटी अस्पतालका पङ्कज बाँस्कोटा तथा Medical Superintendent डा. रोज राणा, पूर्व प्रहरी कर्मचारीहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, नेशनल ल कलेज लगायतका शिक्षक, विद्यार्थीहरु, र स्थानीय भद्र भलादमीहरू लगायत अं. २०० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ
२०८०-०५-२२

काठमाण्डौ, २२ भदौ            चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ४२ एम्पुल, बुप्रेनुर्फिन १ सय ४७ एम्पुल, डाइजेपाम १ सय ३७ एम्पुल र नाइट्राभेट १ हजार ५ सय ट्याब्लेटसहित सर्लाही ईश्वरपुर नगरपालिका-१ बस्ने ३० वर्षीय अन्सारूल अन्सारीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र ०३-००१ ख २५०२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।             यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

स्वागत तथा फेरि भेटौला कार्यक्रम सम्पन्न
२०८०-०५-२१

काठमाण्डौ, २१ भदौ        आज मिति २०८०/०५/२१ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको रानीहलमा तालुक नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको बिभिन्न मितिको पत्रादेश अनुसार सरुवा हुनुभएका प्रहरी अधिकृतहरूको फेरि भेटौला तथा उपत्यका प्रहरी कार्यालयमा  हाजिर हुन आउनु भएका प्रहरी अधिकृतहरूको स्वागत कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।          स्वागत तथा फेरि भेटौला कार्यक्रमलाई  सम्बोधन गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले सरुवा बढुवा प्रहरी संगठनको निरन्तर गतिविधि भएकाले आफूलाई दिइएको जिम्मेवारी निष्ठापूर्वक तथा कसैको लोभ लालचमा नपरी निर्वाह ‍गर्न निर्देशन दिनुका साथै यस कार्यालयमा रहदा कुसलतापूर्वक कार्य सम्पादन गरेकोमा धन्यवाद दिनुहुदै नयाँ हाजिर हुन आउनु भएका प्रहरी कर्मचारीबाट समेत सामूहिक रुपमा कार्य सम्पादन गर्नु हुने विश्वास व्यक्त गर्नुभयो ।        उक्त कार्यक्रममा प्रहरी उपरीक्षक वासुदेव खतिवडाले नयाँ कार्यक्षेत्रमा कार्य सम्पादन गर्दा संगठनको मूल्य मान्यतामा रही कुसलता पूर्वक कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।        प्रहरी वरिष्‍ठ उपरीक्षक, प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक, प्रहरी निरिक्षक लगायतका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रम समापन पश्वात  सामूहिक फोटो लिइएको थियो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०५-१८

काठमाण्डौ, १८ भदौ        प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा सोमबार काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको  निरीक्षण तथा निर्देशन कार्यक्रम  सम्पन्न भएको छ ।                काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको निरीक्षण गर्नुहुदै प्रहरी महानिरीक्षक कुँवरले संगठनलाई सुधार, थप सुदृढ एवम् बलियो बनाउन तथा श्रीवृद्धि गर्नका लागि सम्पूर्ण प्रहरी कर्मचारीहरूको नि:स्वार्थ सेवा भावना रहनुपर्नेमा जोड दिनुहुदै प्रहरी कर्मचारीहरूले व्यावसायिक स्वार्थलाई आत्मसाथ गरी निष्ठावान, इमानदार एवम् सिर्जनशील भई कार्य सम्पादनको गुणस्तर राम्रो बनाउन आफ्नो अनुभवलाई प्रयोग गर्दै सकारात्मक सोचका साथ अगाडि बढ्न निर्देशन दिनुभयो । आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरी सिमान्तकृत एवम् पीडितवर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गर्न समेत उहाँले बताउनुभयो ।        प्रहरीले  बल प्रयोग गर्नुपर्ने अवस्थामा बल प्रयोगको  सिद्धान्तलाई अवलम्बन गर्दै थप सम्बेदनशील भई मानव अधिकारको उच्चतम सम्मान गर्दै कार्य सम्पादन गर्नतर्फ समेत उहाँले जोड दिनुभयो । साथै उपत्यकामा विदेशी पाहुनाहरुलाई सुरक्षाको प्रत्याभूति हुने गरी सुरक्षाको वातावरण मिलाउन हुन समेत निर्देशन दिनुभयो ।        कार्यक्रममा धन्यवाद ज्ञापन प्रदान गर्नुहुदै काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले यस कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई  अपराधिक गतिविधिहरू प्रति कठोर भई कानूनी दायरामा ल्याउनुका साथै प्रहरी संगठनप्रति बफादर रहि कानून सम्मत ढङ्गबाट निर्धक्क भएर उच्च मनोवलका साथ कार्य गर्न निर्देशन दिनुका साथै मातहतका प्रहरी कर्मचारी वा कार्यालय प्रमुखहरुले कानून विपरितका कार्यमा सम्लग्न भएमा कठोर कारवाही गर्ने श्रीमान् संगठन प्रमुख समक्ष प्रतिवद्धता समेत  व्यक्त गर्नुभयो । निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी परिचालन कक्षमा रहेको सि.सि.टि.भी.रूमको अवलोकन साथै कार्यालयको अन्य काम कारवाहीबारे जानकारी लिनुभएको थियो ।        कार्यक्रममा प्रहरी नायव महानिरीक्षक,प्रहरी वरिष्ठ उपरीक्षक,प्रहरी उपरीक्षक लगायत सिनियर प्रहरी अधिकृत,जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत कार्यालयका प्रमुखहरुसँग बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर
२०८०-०५-१७

काठमाण्डौ, १७ भदौ        काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसँग बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको छ  ।        संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर  र काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच गत श्रावण १५ गते बार्षिक कार्य सम्पादन सम्झौता भए अनुसार काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आइतबार एक समारोहकाबीच मातहत कार्यालयका प्रमुखहरूसँग आर्थिक वर्ष २०८०/०८१ को कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।        कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक अर्जुन चन्द ठकुरी, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शिद्धि बिक्रम शाह, जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख भुपेन्द्र बहादुर खत्री, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक सोमेन्द्र सिंह राठौर र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक प्रजित के.सी.बीच हस्ताक्षर भएको थियो ।        कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुखले सम्झौता पत्रमा उल्लेख भएका कार्यहरू प्रभावकारीरूपमा पालना गरी कार्यान्वयन गर्न हुन मातहत कार्यालयका प्रमुखहरूलाई समेत निर्देशन दिनुहुँदै आफ्नो मातहतहरूलाई समेत परिचालन, उत्प्रेरित गर्न एवम् नियमित, अनुगमन र सुपरिवेक्षण गरी सामूहिक रूपले उपत्यकाको शान्ति, सुरक्षा कायम गर्न समेत उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । कार्य सम्पादन सम्झौता सुशासनको मापन भएकाले आ-आफ्नो कार्यालयको कार्य सम्पादनको प्रकृति अनुसार कर्मचारीहरूको व्यवस्थापन र क्षमता अभिबृद्धि गर्ने र प्रशासनिक काम कारवाहीलाई चुस्त र प्रभावकारी बनाउन कार्य सम्पादन सम्झौता उपलब्धिमूलक हुने तथा आर्थिक वर्ष २०८०/०८१ को कार्य सम्पादन सम्झौता पत्रमा नवप्रवर्तन र सिर्जनात्मक कार्यहरू पनि समावेश गरिएकाले उपत्यकालाई सुरक्षित गर्ने अभियानमा सबै मातहत कार्यालयको ऐक्यवद्दता रहने विश्वास  व्यक्त गर्नुभयो ।

प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा सामुदायिकको १६ औं साधारण सभा तथा ‘शान्ति र सुरक्षा सम्बन्धी अन्तरक्रिया’ एवं स्वागत कार्यक्रम सम्पन्न ।
२०८०-०५-१६

काठमाण्डौ, १६ भदौ      मिति २०८०-५-१६ गते अं.११बजे सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, इचङ्गुनारायण काठमाण्डौको आयोजनामा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा १६ औं साधारण सभा तथा ‘शान्ति र सुरक्षा सम्बन्धी अन्तरक्रिया’ एवं स्वागत कार्यक्रम नागार्जुन नगरपालिका वडा नं. ३ लिटल क्लाइम्वर्स स्कुलमा सुरू भएको थियो ।प्र.अ.म.नि. थापाले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्ने कार्यमा नागरिकको अहम् भूमिका रहने भएकाले नागरिकसँग सहकार्य गर्दै प्रहरीले आफ्नो कर्तव्य निर्वाह गर्नु गर्नु पर्ने बताउनु भयो ।साथै शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि  समुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै गुण्डागर्दीलाई निर्ममताका साथ नियन्त्रण गरिने बताउँदै उहाँले कुनै पनि सामान्य घटनालाईसमेत प्रहरी सामु ल्याई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।आत्महत्या, लागु औषधको प्रयोग र साइवर अपराधका घटनाहरूलाई न्यूनीकरण गर्न सामुदायिक स्तरमानै जन चेतना अभिवृद्दि गर्दै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता’ अभियान अन्तर्गत: काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहत परिसरहरुबाट प्रविधिको समेत यथोचित प्रयोग गरी प्रभावकारी तवरले प्रहरी परिचालन गराई समग्रमा सुरक्षा प्रदान गरिने बारे जानकारी गराउनु भयो । जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रहरी वरिष्‍ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. ५५० जनाको उपस्थितिमा अं.२ बजे उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

लुटिएको सुनको मुन्द्रासहित दुई जना पक्राउ
२०८०-०५-१५

काठमाण्डौ, १५ भदौलुटिएको करिब आधा तोला सुनको मुन्द्रा २ थानसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-१३ घर भएका २४ राजन लामा र उदयपुर घर भएका २२ वर्षीय अमिष भुजेल रहेका   छन् ।  चन्द्रागिरि नगरपालिका-१५ तीनथाना डेरा गरी बस्ने धादिङ नौबिसे घर भएका २६ वर्षीय पुरूषले कानमा लगाएको उक्त मुन्द्रा ढुङ्गेअड्डास्थित सडकबाट लुटिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट तत्काल खटिएको प्रहरीले उनीहरुलाई उक्त मुन्द्रासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

कटुवा पेस्तोलसहित एक जना पक्राउ
२०८०-०५-१४

काठमाण्डौ, १४ भदौ भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट कटुवा पेस्तोल २ थान र सोही पेस्तोलको गोली १ राउण्ड सहित उदयपुर बलैया नगरपालिका-५ घर भई हाल भक्तपुर लोकन्थली बस्ने ४० वर्षीय जंगे माझीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो । उनले प्रयोग गरेको बा. ४३ प ९००० नम्बरको स्कुटर प्रहरीले बरामद गरेको छ । साथै प्रहरीले जाँच गर्ने क्रममा हाल फरार भएका माझीसँगै रहेका हाल वतन नखुलेका ३० वर्षीय अश्विन दाहालको खोजी गरिरहेको छ । 

एक हजार दुई सय २३ केजी पटाकासहित तीन जना पक्राउ
२०८०-०५-१०

काठमाण्डौ, १० भदौ एक हजार दुई सय २३ केजी पटाकासहित ३ जनालाई  शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट राजदेवी नगरपालिका-१ घर भई हाल काठमाण्डौ महानगरपालिका-१३ ताहाचल बस्ने ३२ वर्षीय राजु भन्ने दिपक मण्डल, भारत बिहार बेतिया मजौलिया थाना सेनवरिया ग्राम घर भई हाल काठमाण्डौ महानगरपालिका-१३ ताहाचल बस्ने २८ वर्षीय धर्मेन्द्र साह र सर्लाही चक्रघट्ट गाउँपालिका- ५ घर भई गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने २८ वर्षीय मुकेश मण्डल रहेका छन् । काठमाण्डौ जिल्लामा केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट पटाका, भुईचम्पा लगायतका आतिसवाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई ६५ वटा बोरामा राखेका उक्त पटाकासहित काठमाण्डौ ताहाचल, मान्टारबाट पक्राउ गरेको हो । उनीहरूलाई विष्फोटक पदार्थ सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको छ । 

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गर्ने चार जना पक्राउ
२०८०-०५-१०

काठमाण्डौ, १० भदौ वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी देवचुली नगरपालिका-८ घर भई काठमाण्डौ टोखा नगरपालिका-३ बस्ने ३० वर्षीय समिर आले मगर, रामेछाप उमाकुण्ड गाउँपालिका-१ घर भई काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका-३ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-१ बस्ने ५१ वर्षीय जगत बहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका-१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरूङ रहेका   छन् । उनीहरूमध्ये मगरले २ जनालाई क्यानडा पठाई प्रतिष्ठित मार्केटमा मासिक २ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै पीडितहरूबाट ५ लाख ४५ हजार रुपैयाँ ठगी गरेको, सुनुवारले १ जनालाई क्रोएसिया पठाई फुड प्याकिङमा मासिक १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटकपटक गरी २ लाख रूपैयाँ ठगी गरेको, खड्काले १ जनालाई कुवेत पठाई बाइक राइडरमा मासिक ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटकपटक गरी १ लाख ९४ हजार रुपैयाँ ठगी गरेको र गुरूङले १ जनालाई नेदरल्याण्ड पठाई सुपर मार्केटमा मसिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३ लाख ४५ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।साथै उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मगरलाई काठमाण्डौ टोखाबाट, सुनुवारलाई काठमाडौं मनोहराबाट तथा खड्कालाई काठमाण्डौ सामाखुशीबाट शुक्रबार र गुरूङलाई ललितपुर नख्खिपोटबाट आइतबार पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ । 

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८०-०५-१०

काठमाण्डौ, १० भदौ काठमाण्डौ, बुढानिलकण्ठ नगरपालिका-११ कपन डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका-१ घर भएका ५२ वर्षीय पासाङ शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ५ सय रूपैयाँ, १ लाख भारतीय रूपैयाँ, १ हजार १ सय अमेरिकी डलर र ३ बुक ताससहित पक्राउ गरेको हो । यसै गरी काठमाण्डौ, टोखा नगरपालिका-१ झोर बस्ने नुवाकोट शिबपुरी नगरपालिका-७ घर भएका ५६ वर्षीय एक राज कँडेलको टहरामा कौडा खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-१ घर भएका ४४ वर्षीय रोशन ठकुरी समेत १३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई १६ थान कौडा र नगद ३ लाख २६ हजार रूपैयाँसहित पक्राउ गरेको हो ।   दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रहरी अतिरिक्त महानिरीक्षकको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न ।
२०८०-०५-०९

काठमाण्डौ ९ भदौ,आज मिति २०८०।०५।०९ गते नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८०।०४।३० गतेको निर्णयानुसार यस काठमाण्डौ उपत्यका प्रहरी कार्यालयबाट नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा भई जानुभएका श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको विदाई र नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागबाट काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको कार्यालय प्रमुखमा हाजिर हुनुभएका श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको स्वागत कार्यक्रम सम्पन्न भएको छ । 

अवैध लागु औषधसहित १४ जना पक्राउ
२०८०-०५-०६

काठमाण्डौ, ६ भदौ        त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज एरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ११ केजी ७ सय ग्रामसहित २ जनालाई मङ्गलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्जुङ दोर्दी गाउँपालिका-५ फोर्जुङ घर भएका ३४ वर्षीय सुन्दर गुरूङ र लम्जुङ छैलुङ घर भएका ४७ वर्षीय औता राम गुरूङ रहेका छन् । बाटिक एयरको उडानद्वारा मलेसिया हुँदै थाइल्यान्ड जान लागेका उनीहरूको लगेजभित्र फल्स बटम बनाई टेपले र्‍यापिङ गरिएको अवस्थामा सुन्दरको साथबाट ६ केजी र औता रामको साथबाट ५ केजी ७ सय ग्राम उक्त पदार्थ फेला परेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि लागु औषध नियन्त्रण व्यूरो कोटेश्‍वरमा बुझाइएको  छ ।        यसैगरी काठमाण्डौ महानगरपालिका-३२ स्थित खाजा पसलबाट अवैध लागु औषध गाँजा करिब ५० ग्रामसहित काठमाण्डौ जडिबुटी बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-२ घर भएका २६ वर्षीय धिरज लामासहित ८ जनालाई मङ्गलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा गाँजा सेवन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

नगद तथा सुनका विभिन्न गहना चोरी
२०८०-०५-०६

काठमाण्डौ, ६ भदौ        ललितपुर, महालक्ष्मी नगरपालिका-४ इमाडोल डकीटोल बस्ने रमेश ज्ञवालीको घरबाट कोही नभएको अवस्थामा ढोका फोडी नगद तथा सुनका विभिन्न गहना गरी करिब ४ लाख २ हजार ५ सय रूपैयाँ बराबरको धनमाल मङ्गलबार साँझ चोरी भएको छ ।        भक्तपुर, चाँगुनारायण नगरपालिका-८ कलामसीको नेपाल गाउँस्थित रामकृष्ण गिरीको घरबाट कोही नभएको अवस्थामा मुल गेटको ताला फोडी करिब ८ लाख ६ हजार रूपैयाँ बराबरको सुनका विभिन्न गहना मङ्गलबार दिउँसो चोरी भएको छ ।        प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

अधिक लोड >>
कम देखाउनुहोस् <<